कार्तिक २८, २०८१ बुधबार
काठमाडौं, झाँक्री प्रकाश भुजेलको गाडीले कागेश्वरी मनोहरा २ आलापोटका ३८ वर्षीय नारायण नगरकोटीलाई ठक्कर दिएको घटनामा उनकाे मृत्यु भएको छ। नगरकोटी नेकपा माओवादी केन्द्रका सचिव थिए र दुर्घटनामा गम्भीर चोट लागेका थिए। उपचारका क्रममा ग्राण्डी अस्पतालमा उनको निधन भएको हो।
नगरकोटीकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते छन् र भेन्टिलेटरमा उपचार भइरहेको छ। भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् र अनुसन्धान जारी छ। घटनामा उनको मोटरसाइकललाई झाँक्री प्रकाश भुजेलले चलाएको गाडीले ठक्कर दिएको थियो।
दुर्घटनापछि भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। उनले प्रहरी कार्यालय जानुअघि आफूले मोटरसाइकलमा सबारलाई बचाउन सक्दो कोसिस गरे पनि नसकेको फेसबुक लाइनमार्फत बताएका थिए।
बा १९ च २६९५ का चालक झाँक्री भुजेलले आफूले अनुसन्धानका लागि सहयोग गर्ने जनाउँदै दुर्घटना गराउने आफ्नो कुनै मनसाय नभएको जनाएका छन्। भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
झाँक्री प्रकाश भुजेलको गाडीले कागेश्वरी मनोहरा २ का स्थानीय नारायण नगरकोटीलाई ठक्कर दिएको घटनापछि, स्थानियहरू आक्रोशित भएका छन्। दुर्घटनाले क्षेत्रीय तनाव बढाएको छ। नगरकोटीको मृत्यु भएपछि, उनका समर्थक र परिवारजनले गाडी चालकको कडा कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
स्थानीय प्रशासन र प्रहरी परिस्थितिलाई नियन्त्रणमा राख्न प्रयासरत छन्। भुजेलले आत्मसमर्पण गरेको भए तापनि, घटनाले समुदायमा ठूलो आक्रोश र असन्तोष सिर्जना गरेको छ।
Copyright © 2024 Shankharapuronline
Leave A Comment