शंखरापुरमा दोश्रो जहरसिं पौवा फुटबल प्रतियोगिता: असोज १२ देखि रोमाञ्चक खेल यात्रा – Shankharapuronline
Latest
img

शंखरापुरमा दोश्रो जहरसिं पौवा फुटबल प्रतियोगिता: असोज १२ देखि रोमाञ्चक खेल यात्रा

Design

**दोश्रो जहरसिं पौवा नकआउट फुटबल प्रतियोगिता २०८१, शंखरापुर न.पा. ३, जहरसिं पौवा**

शंखरापुर नगरपालिका वडा नं. ३ जहरसिं पौवामा दोश्रो जहरसिं पौवा नकआउट फुटबल प्रतियोगिता २०८१ असोज १२ गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको छ। जहरसिंपौवा युवा क्लबको आयोजनामा सम्पन्न हुने यो प्रतियोगिता वडास्तरीय दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्व २०८० को उपलक्ष्यमा आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा विजेताले रु. २,२२,२२२ को नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीलाई रु. १,११,१११ पुरस्कार प्रदान गरिनेछ। तेस्रो स्थानमा आउने टोलीलाई रु. ५५,५५५ सहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएका छन्।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरुले रु. १०,००० को दर्ता शुल्क बुझाउनु पर्नेछ। फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र यसले क्षेत्रीय फुटबलप्रेमीहरुका लागि रमाइलो र प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्ने आयोजकको अपेक्षा छ।

**संपर्क विवरण**:
वासु तामाङ: ९८६६३१८६४५
किशोर घ्लान: ९८६६८२२४९०
राजेन्द्र वाईवा: ९८५१११२२३१

क्लबले खेलाडीहरु र दर्शकहरुमा स्वस्थ जीवन र खेलको महत्वलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment