प्रहरी चौकी भित्र कुटपिट, स्थानीय आक्रोशित – Shankharapuronline
Latest
img

प्रहरी चौकी भित्र कुटपिट, स्थानीय आक्रोशित

Design

शङ्खरापुर वडा नं १, देवीसौरमा घटनाको विचलित मोडमा राष्ट्रका अभिभावक र प्रहरी हवल्दार धनराज लामाले बालीनालीमा पशुपन्छीले क्षति गरेको विवादमा छिमेकीलाई हातपात गरेको आरोप लागेपछि तनाव बढेको छ । धनराज लामा हाल शंखरापुर वडा नं १ देबिसौरामा घर जग्गा लिजमा लिई बसोबास गर्दै आएका छन् ।

स्थानीय मानु लामाले धनराज लामाको गाईवस्तुले आफ्नो खेती तथा बालीनाली मा क्षति पु¥याएको जानकारी दिएपछि घटना बाहिर आएको हो । यो कुरा थाहा पाएपछि मानु लामाले धनराज लामालाई समस्या समाधान गर्न अनुरोश गरेका थिए । तर,धनराज लामाको परिवारले केहि वास्ता नगरेकाले मानु लामा को श्रीमती मायाले पनि पशुपंछिको बारेमा कुरा गर्दा बादविवाद पनि भएको थियो ।

मानु लामाकी श्रीमती माया लामाले धनराज लामाकी श्रीमती मायासँग पनि आफ्नो गाईवस्तुको बिषय लिएर मौखिक झगडा गरेका थिए । त्यसपछि मानु लामाले धनराज लामा र उनको परिवारले स्थानीय प्रहरी चौकीमा औपचारिक उजुरी दिएका थिए । सो निबेदन अनुसार चैत्र १८ गते मेलमिलापका लागि माया र धनराज लामाका परिवारलाई प्रहरी कार्यालय नाङ्गलेमा बोलाइएको थियो ।

प्रहरी कार्यालय भित्र नै धनराज लामाका परिवारले मायालाई कुटपिट गरेका छन् । जसका कारण माया घाइते भइन् र हाल केएमसी अस्पतालमा उपचाररत छिन् । कुटपिट पश्चात धनराज लामाका परिवार लाई नाङ्गले प्रहरी चौकी का प्रहरीहरु ले बसमा हाली पठाउँन खोज्दा गाउका बासिन्दाहरुले रोकेका थिए र प्रहरी प्रभाग साँखुमा खबर गरि जिम्मा लगाएका छन् ।

जवाफमा अधिकारीहरूले यस विषयमा अनुसन्धान सुरु गरेका छन्। बढ्दो द्वन्द्वप्रति स्थानीय समुदायले चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण रूपमा विवाद समाधान गर्न आग्रह गरेका छन् ।

स्रोत : मानु लामा र स्थानीय बासिन्दाका अनुसार

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment