प्रथम नगर स्तरीय शंखरापुर शिक्षक भलिबल प्रतियोगिताको उपाधि वडा नं १ लाई – Shankharapuronline
Latest
img

प्रथम नगर स्तरीय शंखरापुर शिक्षक भलिबल प्रतियोगिताको उपाधि वडा नं १ लाई

Design

शंखरापुर नगरपालिकाको प्रयोजनमा यहि फागुन २५ देखि २८ मा शंखरापुर न.पा. वडा नं ३ जहरसिं पौवा स्थित कालिका शरण मा बि मा प्रथम नगर स्तरीय शिक्षक भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । आज भएको उक्त प्रतियोगिताको समापन समरोहमा यस शंखरापुर नगरपालिकाका प्रमुख र उप प्रमुखको बिशेष आतिथ्यता रहेको थियो ।

शंखरापुर नगरपालिका भित्र रहेका बिद्यालयक शिक्षकहरुको शिक्षक भलिबल आयोजक समितिको आयोजनामा सम्पन्न भएको यस कार्यक्रममा नगर भित्रको ९ वटा वडाहरुको सहभागिता रहेको थियो । प्रत्येक वडा भित्र रहेका शिक्षकहरुको वडागत रुपमा प्रतियोगिता भएको थियो ।

यस प्रथम नगरस्तरीय भलिबल प्रतियोगिताका विजेता वडा नं १ भएको छ भने उप-विजेता वडा नं ३ भएको छ । आज भएको फाइनल खेलमा तेस्रो स्थान हासिल गर्न वडा नं ६ सफल भएको छ ।

यस कार्यक्रमलाइ सफल पर्न प्रत्येक वडा कार्यालयले आफ्नो वडाका समुहलाई आवश्यक जर्सी एबं खेलकुद सामग्री उपलब्ध गराएको छ । यस कार्यक्रम सफलताको लागि स्थानीय ब्यतित्वहरु बाट पनि आर्थिक एबं भौतिक सहयोग प्राप्त भएको थियो ।

हरेक स्थानीय निकायहरु बाट यस्ता कार्यक्रमहरुलाइ प्रवर्दन गर्न आवश्यक छ । पढाई संग सँगै खेलकुद जीवनको अभिन्न अंगको रुपमा रहेको छ ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment