देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र – Shankharapuronline
Latest
img

देशभरका मुख्य राजमार्ग नै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

Design

बिहीबार साँझदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा देशभरका मुख्य तथा सहायक राजमार्गहरू अवरुद्ध भएका छन्। लगातारको वर्षाले राजधानी काठमाडौँसँग जोड्ने काठमाडौं– नागढुङ्गा–चितवन सडक खण्ड अवरुद्ध रहेको छ।

यस्तै काठमाडौं–धुलिखेल–सिन्धुली सडक पनि अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी गराएको छ। साथै मुग्लिङ–पोखरा, चितवन–बुटवल, धुलिखेल–खावा–दोलखा सडकखण्ड अवरुद्ध भएका छन्।

यस्तै राप्ती रामागर्गसँगै बेनी–मुस्ताङ, कैलाली–बझाङ–बाजुरा, झापा–इलाम (मेची राजमार्ग) तथा काठमाडौं–हेटौंडा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा यात्रामा रहेका सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्। निरन्तरको वर्षाले तत्काल राजमार्ग खुलाउनसमेत समस्या भएको छ। सरकारले निरन्तर वर्षा हुँदा थप जोखिम हुने भएकाले अहिले यात्रा नगर्न पनि भनेको छ।

यो वर्षा आइतबारसम्मै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment