प्रहरीले भन्यो: गठ्ठाघर दुर्घटनाका मृतक पुरुष – Shankharapuronline
Latest
img

प्रहरीले भन्यो: गठ्ठाघर दुर्घटनाका मृतक पुरुष

Design

भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ स्थित गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु हुने स्कुटर चालक पुरुष रहेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले मृतक अन्दाजी ४०-४५ वर्षका पुरुष रहेको जानकारी दिए। तर उनको पहिचान भने खुलीसकेको छैन। हाल शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको उनले जनाए।

बिहीबार दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार, कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको तीव्र गतिको ट्रकले ट्राफिक चेकिङका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकले स्कुटरलाई करिब एक सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।

आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए। जसका कारण भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा केही समय यातायात अवरुद्ध भएको थियो। दिउँसो दुई बजेबाट अवरुद्ध सडक साँझ पाँच बजेपछि सञ्चालनमा आएको छ।

ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्बिरहरु: विजय राई/नागरिक

 

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment