३३ सय बर्ष पुरानो बज्रयोगिनी माई जात्रा साँखुमा सुरु ! – Shankharapuronline
Latest
img

३३ सय बर्ष पुरानो बज्रयोगिनी माई जात्रा साँखुमा सुरु !

Design

काठमाडौंको शंखरापुर नगरपालिका, साँखुमा यस बर्षको बज्रयोगिनी जात्रा भब्य रुपमा सुरु भएको छ । साँखु बजारको उत्तर दिशामा रहेको मणिच्यूड पर्वत स्थित मन्दिरबाट बज्रयोगिनी लगायतका देवी देवताको मूर्ति खटमा बोकेर नगर प्रवेश गराइएको छ । यसबर्ष साँखुको धुँल्ला टोल स्थित सत्तलमा बज्रयोगिनीलाई विराजमान गराइएको छ ।

३३ सय बर्ष पुरानो बज्रयोगिनी माई जात्रा साँखुमा ८ दिनसम्म सञ्चालन हुँदैछ ।

जात्रामा बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीसँगै चिभाः द्यः, सिंहमुखी, बाघमुखी लगायतका मूर्तिलाई खटमा बोकेर बाजागाजासहित मन्दिरबाट २ किलोमिटर तल साँखु नगर प्रवेश गराइएको छ । माईलाई साँखु नगर प्रवेश गराउँने सो अवसरमा वागमती प्रदेश सभा सदस्य राजु विष्ट, शंखरापुर नगरप्रमुख रमेश नापित, नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतका ठूलो संख्याका स्थानीयबासी बज्रयोगिनी मन्दिर पुगेका थिए ।

अनौपचारिक रुपमा यो चैते दशैंदेखि सुरु हुन्छ । मूलत चैतेदसैंको दिनदेखि जात्रा सुरु भएको संकेतस्वरूप नाय्खीं बाजा बजाएर नगर परिक्रममा गरेर खबर गर्ने गरिन्छ ।

चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखिं बाजा बजाएर नगर परिक्रममा गरि झ्याली पिट्ने गरिन्छ । करिब ३३ सय वर्ष अगाडि साँखु महानगरका राजा शङ्खदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँमा सुखशान्ति मिलोस, कल्याण होस र खेतीपाती राम्रो होस भन्ने कामनाका साथ सो जात्रा चलाएका थिए भन्ने किम्बदन्ती रहेको छ ।

गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई हरेक चैत शुक्ल पूर्णिमामा मन्दिरबाट भब्य जात्रा गदैै साँखु नगरमा ल्याउँने परम्परा रहेको छ । नेपालकी शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति साँखु बजारमा ल्याएर जात्रा चलाइने गरेको हो । नेपालको उत्पत्तिसँग सम्बन्धित भएको बज्रयोगिनी देवीको जात्रामा यस भेगका अधिकांश समुदायको उपस्थिति रहन्छ ।

जात्राका लागिका बज्रयोगिनी मन्दिरबाट बज्रयोगिनीेसँगै चिभाः द्यः, सिंहमुखी र बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखुमा नगर प्रवेश गराइएको छ । गला र दुवै हातमा नागमाला, शरीरमा भोटो, दायाँ हातमा खड्ग, बायाँमा कमलको फूल, हिरामोती जडित मुकुटले सजिएकी तीन नेत्र भएकी बज्रयोगिनीलाई जात्रा गर्ने परम्परा छ ।

चार दिनपछि आइतबार मुँ जात्राका रुपमा साँखुबासीहरुले मनाउने गर्छन्, जुनदिन साँखुबासीहरुले आफ्ना आफन्तहरुलाई नखत्या बोलाउने चलन रहेको छ । जात्रामा बज्रयोगिनीको मुर्तिसँगै चिभाःद्यः, सिंहमुखी, बाघमुखी मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्ती घुमाउने चलन छ ।

जात्रा अवधिभर छालाजन्य बस्तु लाउन नहुने बिदेशि छाता ओढन नपाइने,जात्रा अवधिभर साहु महाजनले ॠण असुल्न नपाइने झै-झगडा गर्न नहुने भनेर चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखिं बाजा बजाएर नगर परिक्रममा गरि झ्याली पिट्ने गरिन्छ । भगवान ल्याउने ४ दिन अघि राजाको शक्ति स्वरुप तरवार ल्याइ धुमधामका साथ पुजाआजा गरि तरवार भित्र्याउने कार्य गरिन्छ। करिब ३३ सय वर्ष अगाडि साँखु नगरका राजा शंखदेवले आफ्नो नगर एवं राज्यअन्तर्गतका गाउँमा सुखशान्ति , कल्याण , खेतीपाती राम्रो होस दुख कसैलाई नपरोस भन्ने हेतुका साथ कामना गरि श्री श्री श्री बज्रयोगिनि माईको जात्रा चलाएका हुन भन्ने भनाई मणिशैल महावदानमा उल्लेख रहेको पाईन्छ ।

भगवानलाई द्दो छेंमा राखि सकेपश्चात प्रत्येक घर घरबाट लशकुश बत्ति (स्वागत) बत्ति दिने चलन छ ।भोल्टि पल्ट आ-आफ्नो घरमा सफा सुगर गरि आराम गरिन्छ भने भगवान ल्याएको तेस्रो दिन बैशाख १३ गते न:ख भनेर भोज बनाएर घर घरमा खाने परंपरागत रितिरिवाज छ।जात्राको चौथो दिन प्रमूख दिन भगवानलाई साँखु शहरमा खटमा राखेर जात्रा गर्ने दिन यसै दिन बज्रयोगिनि मन्दिरबाट बशुन्धरा माजु (खड्गयोगिनि) मातालाई साँखु शहरमा खटमा राखि जात्रा गरि ल्याई संयुक्त रुपमा बज्रयोगिनि माता;चिभा द्दो;सिंघिनि; ब्याघिनिको मुर्तिलाई समेत खटमा राखि खट लैजान सक्ने/मिल्ने सम्म भगवानलाई नगर परिक्रमा गरि पाहुनालाई भोजभतेर खुवाई हर्षउल्लासका साथ मू: जात्रा गर्ने गरिन्छ। भगवानलाई ४ दिन भवनको भित्र तथा ४ दिन भवनको बहिर सबैले दर्शन गर्न मिल्ने गरि राखिन्छ र पछिल्लो ४ दिन मू:जात्रा पश्चात भवन बाहिर राखिन्छ साथै त्यस दिन देखि छेउमा धुनि पनि बालिन्छ। यसपालि बैशाख १४ गते नगरबासिहरुले मू: जात्रा मनाउने छन्।

साँखु बजारका आठ टोलहरुमध्ये चार टोलमा मात्रै माई राख्ने सत्तलको व्यवस्था गरिएको छ प्रत्येक दुई टोलको आलोपालोमा धुँल्ला टोल,शाल्खाटोल ,चलाखुटोल,दुगाहितिटोल, सुन्टोल,ईपाटोल,ईलाटोल,पुखुलाछिटोलहरु मध्य भगवान राख्ने सत्तल भने धुँल्लाटोल,चलाखुटोल,सुनटोल र पुखुलाक्षिटोल गरि जम्मा चार ठाँउमा मात्र भगवान राख्ने छ।।यसपालि धुँल्लाटोल तथा शाल्खाटोलको आलोपालोमा धुँल्लाटोलको भगवान राख्ने सत्तलमा भगवान बिराजमान गरिएको छ। यो वर्ष भगवानहरुलाई साँखु बजार परिक्रमा गराउँदै बैशाख १४ गते मूल जात्रा मनाउदै छन।

१५ गते मु भुज्या भनेर भाईभारदारहरु मिलि पूजा गरिनेछ भने छठौ दिन १६ गते धुपहरुको परिकारबाट पूजा गरिन्छ। साथै साँखुको शाल्खाटोलमा जोगि चक्र दिने भनेर प्रेतआत्माहरुलाई बोलाएर(भुत ,प्रेत पिशास,निशाचर) आदिईत्यादिलाई भोजन खुवाइन्छ। त्यस्को भोलिपल्ट जात्राको सातौ दिन बौया भनेर पनि सम्पुर्ण प्रेतआत्माहरुलाई बोलाएर(भुत ,प्रेत पिशास,निशाचर) आदिईत्यादिलाई भोजन गराईन्छ भने यस दिन नगरबासिहरु घर फर्कन मिल्छ तर कहि अन्त गएर बास बस्न मिल्दैन। जात्राको आठौ दिन बैशाख १८ गते बेलुका सम्पुर्ण भगवानका मुर्तिहरुलाई फिर्ता पुन: बज्रयोगिनि प्रस्थान गर्न खटमा राखिन्छ।

जात्राको अन्तिम दिन बैशाख १९ गते साँखुभन्दा अलि पर कोलागाल स्थित ठाँउमा सबै देबिदेउटाहरुको खटलाई नचाएर मनोरञ्जन गरिसकेपश्चात कुलो पारि राखे पछि देशवारहरु फर्कने चलन छ। यस उपरान्त उक्त स्थान कोलागालबाट बौद्ध धर्मबलाम्बि तामाङ्गहरुले घर घरमा पुजाआजा सहित भोजभतेर गरेर भगवानलाई जात्रा गरि बज्रयोगिनि पुर्याउने चलन यथावत कायम छ तसर्थ यस मानेमा साँखुको जात्रा हिन्दु एवं बौद्ध धर्मको संगम एक मात्र परम्परा संसारभर देख्न सकिन्छ। यसलाई यो अर्थमा पनि लिन सकिन्छ कि संसारमा बढदै गएको धार्मिक जातिय द्वन्द्व हिंसालाई समाप्त पार्न कसरि मिलेर बस्नु पर्दछ र एकता बनाएर कार्य गर्यो भने के सम्भव नहुने रहेछ त भनि एकअर्कामा परिपुरक भैइ आ-आफ्नो रितिरिवाज तथा परम्परा संस्कारलाई संचालन(मान्दै आएको) गर्दै आएको एतिहासिक पौराणिक जात्रा श्री बज्रयोगिनि जात्राले शान्ति ,अमन चयनको बिगुल संसारभर प्रत्येक बर्ष चैत्र शुल्कपुर्णिमा हुने यस महान पर्व जात्राले फैलाईरहेको देखिन्छ।

जात्राको अन्तिम दिन १८ गतेबाट ४ औ र ५ औ दिन यसपालि बैशाख २१ गते राजाको २२ गते रानिको बिचा पूजा जाने भनेर सबै नगरबासिहरु पूजा गर्न बज्रयोगिनि मन्दिर गैइ पूजाआजा गरेपश्चात सर्बसाधारणहरुको लागि त्यस बर्षको जात्रा समापन गर्ने गर्दछ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment