जहरसिं पौवामा सर्बेश्वर मन्दिर निर्माणार्थ संचालित श्रीमदभागवत सप्ताह विधिवत रुपमा सम्पन्न – Shankharapuronline
Latest
img

जहरसिं पौवामा सर्बेश्वर मन्दिर निर्माणार्थ संचालित श्रीमदभागवत सप्ताह विधिवत रुपमा सम्पन्न

Design

शंखरापुर नगरपालिकाको पर्यटकीय स्थल जहरसिं पौवामा सर्वेश्वर मन्दिर निर्माणार्थ आयोजित श्रीमदभागवत सप्ताह महायज्ञ विधिवत रुपमा सम्पन्न भएको छ । फागुन २१ देखि संचालित यस सप्ताह मंगलबार महायज्ञ गरि विधिवत रुपमा सम्पन्न भएको हो ।

यस महाज्ञान सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै यस नगरपालिकाका उप-प्रमुख समिता श्रेष्ठले यस सर्वेश्वर मन्दिर निर्माणार्थ शंखरापुर नगरपालिका पनि सकारात्मक रहेको कुरा पनि बताउनुभयो ।

उक्त समापन कार्यक्रममा प्रकाश मानव सेवा आश्रमका प्रमुख श्री प्रकाश भुजेल ज्युको पनि उपस्थिति रहेको थियो । उहाँले यस मन्दिर निर्माणार्थ रु २,६०,०००/- नगद दान साथै मन्दिरमा रु.२,५०,०००/- बराबरको ठुलो त्रिशुल प्रतिस्थापन गर्ने प्रतिवद्दता गर्नुभएको छ ।


देश तथा बिदेशमा ख्याती प्राप्त वचन प्रविन पण्डित दिन्बन्दु पोखरेलको मुख्य वाचन र पण्डित सुरेन्द्र प्याकुरेलको उपवाचनमा यस सप्ताह सफल रुपमा सम्पान भएको हो । यस सप्ताहमा बिभिन्न ब्यतित्वहरु द्वारा सहयोग संकलन भएको छ । स्थानीय तथा आगन्तुक ३०० बढी भक्तजनहरुले यस मन्दिर निर्माणार्थ दाङ गर्नुभएको छ ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment