लगलासप्तमीको दिन शंखरापुर साँखुमा श्री माधवनारायण भगवानको जात्रा – Shankharapuronline
Latest
img

लगलासप्तमीको दिन शंखरापुर साँखुमा श्री माधवनारायण भगवानको जात्रा

Design

प्रत्येक वर्ष माघ शुक्ल सप्तमीका दिन साँखुमा माधवनारायणका वर्तालुले मनाउने लगला सप्तमी पर्व श्री माधवनारायण भगवानको जात्रा विधिपूर्वक मनाइएको छ ।

लगला सप्तमीका दिन विशेषगरी वर्तालुले सल्लाको काठमा कपडा बेरेर तेलमा चोपी बालेर पाएसम्म नरिवलको जटा र नपाएमा सालको पातको टपरीमा राखेर शालीनदीमा बगाउने गरिन्छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप पखालिई पुण्य पाइने विश्वास छ ।

बिहानी समयमा यसरी बत्ती बगाएपछि दिउँसो साँखु बजारमा माधवनारायणलाई रथमा राखी घुमाइन्छ । यसअघिका दिन माधवनारायणलाई हातमा बोकी हिँडाउने गरेकामा आज भने रथमा राखी घुमाइन्छ ।

माधवनारायण घुमाउने बाटोमा साँवागणले नाग बनाउने चलन पनि छ । माधवनारायणको रथयात्रामा पुरुष वर्तालुले नाग बनाएका स्थानमा गुल्टिने र सहस्रधारा बोक्ने गर्छन् । महिला वर्तालुले भने फूल प्रसाद चढाउँदै हिँड्छन् ।

यस दिनमा गत वर्ष माधवनारायणको व्रत बसेकाहरु पनि थपिने गरेका छन् । यसवर्ष भने कोरोना महामारीका कारण विगत वर्षका सबै वर्तालु आउन सकेनन् । बिहानी समयमा यसरी बत्ती बगाएपछि दिउँसो साँखु बजारमा माधवनारायणलाई रथमा राखी घुमाइन्छ । यसअघिका दिन माधवनारायणलाई हातमा बोकी हिँडाउने गरेकामा आज भने रथमा राखी घुमाइन्छ ।

माधवनारायणको रथयात्रा घुमाउने क्रममा माध गीतसमेत गाइएको छ । यो गीत भने बारअनुसार गाउने प्रचलन छ । यो गीतमा विशेषगरी भगवान्को नाम स्मरण गरिन्छ । यो प्रक्रिया पूरा गरी आज साँखु क्षेत्रमा लगला सप्तमी पर्व मनाइएको छ ।

माधवनारायणको रथयात्रा घुमाउने क्रममा माध गीतसमेत गाइन्छ। यो गीत भने बारअनुसार गाउने प्रचलन छ । यो गीतमा विशेषगरी भगवान्को नाम स्मरण गरिन्छ । यो प्रक्रिया पूरा गरी आज साँखु क्षेत्रमा लगला सप्तमी पर्व मनाइएको छ ।

माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए। माधवनारायण मेलामा यस वर्ष पनि भक्तजनको भीड लागेको छ ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment