स्थानीयको पहलमा बाघधारामा बुद्ध स्तुपा (झ्याङ्गछुप छोर्तेन ) निर्माण सम्पन्न ! (भिडियो सहित ) – Shankharapuronline
Latest
img

स्थानीयको पहलमा बाघधारामा बुद्ध स्तुपा (झ्याङ्गछुप छोर्तेन ) निर्माण सम्पन्न ! (भिडियो सहित )

Design

एतिहासिक धारणा एबं धरोहरशंखरापुर नगरीको एतिहासिक, काठमाडौँ देखि तिब्बत जोडिने मार्गको एक महत्वपुर्ण स्थलमा बाघधारा पनि एक हो । यहाँको एतिहासिक धरोहरको रुपमा रहेको स्तुपा लिच्छवी काल अघि नै भएको मान्यता छ । बिभिन्न विकाश निर्माणका क्रम जिर्ण भएको उक्त स्तुपालाई स्थानीय वासीहरुको एकजुट एबं हातेमालोमा पुन स्थापना गरिएको छ ।

मिति २०८० माघ २५ गते बिहिबारको दिन यस बाघधारामा बुद्ध स्तुपा (झ्याङ्गछुप छोर्तेन)को समुद्घाटन बौद्ध परम्परा अनुसार रापने(पुजा) सम्पन्न भएको छ । स्थानीय समाजसेवी सूर्यमान तामाङ्ग एबं सम्पूर्ण स्थानीयबासीहरुको आर्थिक , श्रमदान एबं मानबिय पहलमा उक्त स्तुपा पुन निर्माण भएको हो ।

नेपालको एक प्राचिन इतिहासको धरोहर राजकुमारी भृकुटीको जब बिबाह भई तिब्बत जनुहुदा यसै बाघधाराको बाटो हुदै तिब्बत जानुभएको र यस बाघधाराको पनि पिएर यहाँको स्तुपमा बिश्राम लिनु भएको भन्ने मान्यता रहेको पाइन्छ । बाघधारा आफैमा पनि एक प्राचिन धाराको रुपमा लिईन्छ ।

यस स्तुपा निर्माणको लागी कुनै सरकारी योजन नभएको हुदा स्थानीयको सहयोगमा बिना समिति नै यसको निर्माण संम्पन भएको छ । विभिन्न जातजाति एबं धर्म संस्कृतिका सामाजिक व्यक्तित्वहरु द्वारा यस स्तुपा निर्माणमा सहयोग गर्नुभएको स्थानीय अभियान कर्ता सूर्यमान तामाङ्गले बताउनुभयो ।

झ्याङ्गछुप छोर्तेनको पुजामालामा गुरुहरु बत सम्पूर्ण परम्परागत मूल्यमान्यता अनुसार समुद्घाटन गर्नुभएको छ । स्थानीय एबं आगन्तुक लामा गुरुहरु द्वारा यस पुजा सम्पन्न गरिएको छ ।

यस स्तुपा निर्माण क्रममा सम्पूर्ण स्थानीयबासीको महत्वपूर्ण योगदान रहेको छ । परनिर्भर नभई आफ्नो क्षमता अनुकुल पनि सामाजिक काम गर्न सकिने उदाहरण यस बाघधारा क्षेत्रका बासिन्दाले पेश गरेका छन् ।

केहि तस्बिरहरु :

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment