शंखरापुरमा सोनाम ल्होछार बिशेष वृहत सांस्कृतिक कार्यक्रम हुदै ! – Shankharapuronline
Latest
img

शंखरापुरमा सोनाम ल्होछार बिशेष वृहत सांस्कृतिक कार्यक्रम हुदै !

Design

काठमाडौँको शंखरापुर नगरपालीका – ४ रैलेमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ।

तामाङ्ग जातिको भाषा धर्म र संस्कृतिको सम्बर्धन गरौ राष्ट्रिय सोनाम ल्होछार २८६० लाई भब्य रुपमा सफल पारौ ” भन्ने मूल नाराका साथ ‘स्थानीय पर्यटन प्रवर्धन एबं स्थानीय कला संस्कृति संरक्षनको उदेश्यले यस कार्यक्रमको आयोजना हुन गईरहेको हो ।

तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार अर्थात् ‘डुक , मु पुख्री’ ल्हो को अवसरमा शंखरापुर नगरपालीका – ४ कार्यसमिति को आयोजनामा यही माघ २७ गते शनिबारका दिन बृहत सोनाम ल्होछार कार्यक्रम गर्न लागिएको हो। कार्यक्रम आयोजनामा वडा अधय्क्ष सुना बहादुर तामाङ्गको बिशेष भूमिका रहेको छ ।

ल्होछार कार्यक्रम ब्यबस्थापन तथा प्रचारप्रसार समिति को संयोजन नवराज घ्लान तामाङ्ग ले गरेका छन् । कार्यक्रममा विभिन्न स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुति रहने छ ।

कार्यक्रम जानकारी :
मिति : २०८० माघ २७ गते शनिबार
पुजा समय : बिहान ६:०० बजे देखी १०:०० बजे सम्म
कार्यक्रम समय : ११:०० बजे देखि

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment