वडा अध्यक्ष साथै स्थानीय अभियानकर्मीहरु द्वारा शिबभक्तीको घरमा नयाँ छानो – Shankharapuronline
Latest
img

वडा अध्यक्ष साथै स्थानीय अभियानकर्मीहरु द्वारा शिबभक्तीको घरमा नयाँ छानो

Design

बिगत धेरै समय देखि घर भत्किएपछि विचल्लीमा परेका काठमाडौँ जिल्माला शंखरापुर न.पा. १ निवासी दिल बहादुर शिबभक्तीका लागि स्थानीय बासिन्दाले चन्दा उठाएरै घरमा नयाँ छाना फेरिदिने भएका छन् ।

स्थानीय अभियानकर्मी उद्बब दंगाल ज्युको पहलमा चन्दा संकलन अभियान सञ्चालन गरेर पीडित शिवभक्तिको घरमा नयाँ छानो फेरिने छ । अभियानका क्रममा शिवभक्तिको घर मर्मतका लागि स्वदेश तथा विदेशबाट १ लाख २५ हजार ६६५ रुपैयाँ संकलन भएको थियो । छानाहाल्ने क्रममा रुख काट्ने, निदाल बोक्ने, तला छाप्ने, लगाएत काम गर्ने छिमेकि, साथी-भाइ संगै वडा अध्यक्ष बेद नारायण दंगालको पनि बिशेष उपस्थिती साथै सहयोग रहेको थियो ।

शिवभक्तिको दयनीय अवस्था देखेर अभियानकर्मी ले घर मर्मतका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । अभियानमा निम्न व्यक्ति हरुबाट सहयोग प्राप्त भएको थियो :

हालको लागि सहयोग संकलन बन्द गरिएको अभियानकर्ताले बताएका छन् । साथै सम्पूर्ण जस्ता पाता फेर्न कामको जिम्मेवार रामचन्द्र दंगाल ज्युले लिनुभएको छ ।
विश्वब्यापी चलिरहेको आर्थिक मन्दीका बावजुद स्थानीयको सहयोग अति नै सराहनीय छ ।

स्थानीय बासिन्दाले सहयोग संकलन गरेर नयाँ छाना फेरिदिने भए पछि शिबभक्ती हर्षित बनेका छन् ।

तस्बिरहरु:

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment