माघ १२, २०८० शुक्रबार
काठमाडौँ: काठमाडौँको शंखरापुर नगरपालिकाको पर्यटकीय क्षेत्र जहरसिं पौवामा सर्वेश्वर मन्दिर निर्माण हुने भएको छ । पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल जहरसिं पौवा काठमाडौँबाट नजिक रहेको र रमणीय प्राकृतिक दृश्य अवलोकनका लागि प्रख्यात क्षेत्र रहेको छ ।
यस मन्दिर निर्माणका लागि प्रदेश सरकार बाट हालको लागि रु.आठ लाख रूपैया बजेट छुट्टिएको जानकारी यस मन्दिर निर्माण समितिका अध्यक्षले जानकारी दिनु भयो । उक्त रकमले मन्दिर निर्माण पूर्णत नहुने भएकोले उक्त मन्दिर निर्माण सयोगार्थ हेतु सर्बेश्वर आध्यात्मिक महोत्सब महाज्ञान सप्ताह महायज्ञ संलाचालं हुने जानकारी प्राप्त भएको छ ।
२०८० साल फागुन २१ देखि २९ सम्म सञ्चालन हुने महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन हुने भएको छ। महायज्ञबाट मन्दिर निर्माणका लागि रकम संकलन गर्ने लक्ष्य लिइएको छ।
सप्ताह महायज्ञको अवसरमा शुभ विवाह, व्रतबन्ध, चौरासी पुजा गर्न चाहनेको लागिसमेत आयोजकले व्यवस्थापन गरेको मूल समारोह समितिका संयोजक गोबिन्द अधिकारी ले दिए। सो कार्यका अतिरिक्त भक्तजनहरुले नगद रकम, तुलादान गर्न सक्ने व्यवस्थासमेत मिलाइएको छ।
भिडियो :
मन्दिर निर्माणका योजनाहरु :
Copyright © 2025 Shankharapuronline
Leave A Comment