” पुरातात्विक ऐतिहासिक र धार्मिक शहर साँखुमा शालीनदी मेला सुरु” (भिडियो सहित) – Shankharapuronline
Latest
img

” पुरातात्विक ऐतिहासिक र धार्मिक शहर साँखुमा शालीनदी मेला सुरु” (भिडियो सहित)

Design

साँखुको धार्मिक र ऐतिहासिक महत्व छ । साँखुको प्राचिन नाम चन्द्रज्योति नगर हो अर्थात संखरापुर पनि भनिन्छ । भनिन्छ साँखुमा शंखदेव नामक राजाले शासन गरेका थिए ।

शंखदेव नै साँखुमा प्रथम राजा थिए । उनका नाममा साँखुकमा प्रथम राजा थिए । उनका नाममा साँखुको नाम शंखरापुरमा रहन गएको हुनु पर्छ । राजा शंखदेवले शंखरापुरमा शासन गरेको किबन्दति पाइए पनि शासन गरेको साल र ठोस आधारहरु छैन । शंखरापुर साँखु जे भनिएतापनि यस नगरलाई नेवारहरुले सक्व भन्दछन् ।
साँखुमा पहिले आठ ओटा ढोकाहरु रहेकोमा हाल पाँच ओटा ढोकाहरु मात्र विद्यमान छन्। यि ढोकाहरु भिन्ना भिन्नै प्रयोजनका लागि निमार्ण गरिएका हुन् । उत्तर पश्चिमको ढोकालाई स्थानीय नेवारहरुले द्य ध्वाखा भन्दछन् । यो ढोकाबाट बज्रयोगीनी जात्रा गरिन्छ भने बज्रयोगिनीदेवीका मूर्तिहरु राखिएको खट प्रवेश राएर बज्रयोगीनी जात्रा गरिन्छ भने जात्राको समाप्ति पनि यसै ढोकाबाट गराउने प्रचन रहेको छ ।

उत्तर पूर्वको ढोकालाई सी ध्वाखा भनिन्छ । यस ढोकाबाट दाहा संस्कारका लागि सव यात्रा लगिन्छ । दक्षिण पश्चिम ढोकालाई भौ ध्वाखा अर्थात बुहारी ढोका भनिन्छ । यो ढोकासँगै भगवतिको मन्दिर छ । यो ढोकाबा दुलही भित्र्याईन्छ । साँखुका नव दुलाहाले बिवहा गरेर ल्याईएको नव दुलहीयालई यस ढोकाबाट जन्ती सँगै प्रवेश गराईन्छ । दक्षिण पूर्वको ढोकालाई म्ह्याय्मचा अर्थात छोरी ध्वाखा भनिन्छ । यस ढोकाबाट छोरी(दुलही)लाई विदा दिएर प्रस्थान गराईन्छ ।

पूर्वको ढोका शालिनदी जाने ढोका हो । यस ढोकाबाट माध महिनाभर शालिनदीमा बसिने ब्रत्तका माधवनारायण लगायत ब्रतालुहरुको प्रवेश र प्रस्थान गराइन्छ । सालीनदीमा विभिन्न देवदेवी, घाट, पाटी, सत्तल, ब्रत स्थ, यज्ञ स्थलका साथै महादेवको स्वेतरुप नर्भदेश्वर महादेव मन्दिर अखण्ड ज्योति, धुनी, चन्द्रावती र डोलेहरुको अवशेष मानिने ढुङ्गाहरुर छाप्रो आदि प्रत्यक्ष देख्न पाइन्छ भने हाल श्री स्वस्थानी देवीको भन्य मन्दिर पनि निमार्ण भइसकेको छ । यहाँ हरेक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्लपूर्णिमासम्म साँखुको मेला, शालीनदी मेला स्वाथानी मेला र माधवनाराण मेला इत्यादि नामले भब्य मेला लाग्दछ ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना माघ ११ गते देखि सुरु भएको छ ।प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले माघ ११ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।

साँखु करीब ३ हजार ३ सय वर्ष पुरानो बस्ती हो। यहाँको ऐतिहासिक, सांस्कृतिक पक्ष, बसोवास क्षेत्र, बज्रयोगिनी देवीको धार्मिक महत्व, शालीनदीको कथालगायतको विषयले इतिहास बोकेको छ। यो नगरको स्वरूप शंखको भएकाले यसलाई साकेतु भनिएको हुनसक्छ । शंखरापुर, साँखु, शंकरापुर, सक्वः जे नामले चिनिए पनि श्रीस्वस्थानी माहात्म्यमा भने यसलाई लावण्य देशका रूपमा उल्लेख गरिएको पाइन्छ । शालीनदीको किनारामा रहेको साँखु नगरको उत्तरमा बज्रयोगिनीको मन्दिर छ । यो मन्दिरलाई हिन्दू र बौद्ध दुवैको साझा तीर्थका रूपमा लिइन्छ । साँखुको उत्तरी ढोकाबाट वज्रयोगिनीको मन्दिर पुग्न सकिन्छ ।

यही प्राचीन साँखु नगरको पूर्व दिशामा शालीनदी बग्छिन् । जुन मेलालाई स्वस्थानी मेला पनि भनिन्छ र उक्त मेला भर्न, स्नान एवं पूजापाठ गर्न टाढाटाढाबाट थुप्रै भक्तजन आउ“छन् । शालीनादीको पावन भूमिमा नर्वदेश्वर महादेव, गणेश, हनुमान, विष्णु, भैरव, नवराज, चन्द्रावती, डोलेहरूका मन्दिर तथा अन्य स–साना मूूर्तिहरू पनि छन् । मेलाको पहिलो दिन वा पौषशुक्ल पूर्णिमाको अघिल्लो दिन विश्वम्भर नारायणको वैदिक तवरले पूजा, अर्चना एवं हवन गरिन्छ । त्यसको भोलिपल्ट शालीनदीमा श्रीस्वस्थानीको मेला सुरु हुन्छ । जुन पौराणिक विषयलाई स्कन्द पुराणको केदारखण्डको माघ माहात्म्यका रूपमा प्रस्तुत गरिएको छ । यो व्रतको व्रतविधि अन्य व्रतको भन्दा पृथक् छ ।

सालीनदीस्थित माधवनारायणको मन्दिर पौष शुक्ल पूर्णमिादेखि माघ शुक्ल पूर्णमिासम्म एक महिनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन रहेकोछ । स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा पानी शुद्ध र स्वच्छ हुने उल्लेख छ ।“मेला अवधिभर साँखुका कुनै पनि घरमा स्वस्थानी र माधवनारायणबाहेक कुनै पनि धार्मिक अनुष्ठान विवाह, व्रतवन्धलगायत गर्ने चलन छैन । यो पहिलेदेखिकै यहाँको मौलिक पहिचान हो” ।

मेला मूल आयोजक समितिका अनुसार यस भक्तजनको सुविधा तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै मेला वरपर क्षेत्रमा सिसी क्यामेरा जडान गरिनुका साथै विभिन्न उपसमिति गठन गरी मेलालाई व्वस्थित बनाउने तयारी भएको छ ।
स्थानीयका भनाईबाट साभार

भिडियो हेर्नुहोला :

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment