सडकमा ढलान सकेर हिँडेपछि नसुक्दै गाउँलेहरूले मसला चोरेर घर-घरमा गरे ढलान ! – Shankharapuronline
Latest
img

सडकमा ढलान सकेर हिँडेपछि नसुक्दै गाउँलेहरूले मसला चोरेर घर-घरमा गरे ढलान !

Design

काठमाडौं । अनौठो चोरीको घटना बाहिर आएको छ । अहिले यो घटना बाहिर आएपछि दुनियाँभर भाइरल भइरहेको छ । बिहारको जेहानाबादमा दिउँसो नै पुरै सडक चोरीको भएको छ । जसले सबैलाई चकित बनाएको छ । वास्तवमा गाउँमा सडक निर्माणको काम चलिरहेको थियो ।

मजदुरले सडकमा ढलान सकाएर अर्को ठाउँमा काम गर्न गए । यसै क्रममा ठूलो संख्यामा गाउँलेहरु आएर सुकि नसकिएको ढलानको सिमेण्ट, गिटी, रड लगायतका मसला घरघरमा बोकेर लैजान थाले । उनीहरुले आ–आफ्ना घर ढलान गरे । जसका कारण सडक निर्माण हुन सकेको छैन । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यो घटना मखदूमपुर ब्लकको औडान बिघा गाउँको हो । जानकारी अनुसार यहाँ मुख्यमन्त्री सडक ग्राम योजना अन्तर्गत ३ किलोमिटर सडक निर्माण भइरहेको थियो । तर सामग्री चोरी भएका कारण सडक निर्माण हुन सकेको छैन । राजदका विधायक सतीश कुमार दासले तीन महिनाअघि काम सुरु गरेको बताए । तर अहिले केही किलोमिटरको ढलान सबै चोरेर लगिएको छ ।

तीन किलोमिटर खण्डको अधिकांश काम गाउँ नजिकै मात्र पिसिसी गर्ने काम गरिए पनि व्यक्तिगत प्रयोगका लागि गाउँलेहरूले जबरजस्ती पिसिसी सामाग्री लिएर गए । भाइरल भिडियोमा गाउँका महिला र बालबालिकाले सामान बोकेर हिँडेको स्पष्ट देखिन्छ । यसै क्रममा कसैले भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल बनायो ।
ठ्याक्कै यस्तै घटना नेपालको खोटाङबाटपनि आएको छ । भिडियोमा हेर्नुहोस्:

Source: JANABOLI

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment