थली घटना : छोरा घाइते अवस्थामा फेला, छोरीसँग सोधपुछ – Shankharapuronline
Latest
img

थली घटना : छोरा घाइते अवस्थामा फेला, छोरीसँग सोधपुछ

Design

काठमाडौँ । काठमाडौँको थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका एक छोरा पनि घाइते अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ललितपुरको चाल्नाखेलबाट २१ वर्षीय रिचेनलाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिए । यस्तै २९ वर्षीया छोरीलाई पनि प्रहरीले राजधानीको सेतो पुलमा फेला परेको छ । उनसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार मृतक नगरकोटी सेतोपुलमा ट्याक्सी बिग्रिएपछि बनाउने मिस्त्री खोज्न भनेर सोमबार दिउँसो हिँडेका थिए । तर, उनी एकाएक गएराति थलीमा मृत्यु भेटिएपछि खोजतलासका क्रममा छोरा पनि घाइते अवस्थामा भेटिएका हुन् । छोरोको घाँटीमा चोट देखिएको छ भने मृतक बाबुको पनि घाँटीमै चोट देखिएको छ ।

नगरकोटी शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो। उनको शव नजिकै दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले बताएको छ।

प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान अनुसन्धान थालेको छ ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment