क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दामा सफाइ ! – Shankharapuronline
Latest
img

क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दामा सफाइ !

Design

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

फैसला आउँदा उनी उच्च अदालत पाटनमा रहेका थिए ।

न्यायधिशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले सन्दिपलाई निर्दाेष ठहर गर्दै सफाई दिएको हो । हिजो र आज लगातार भएको सुनुवाईपछि उच्च अदालतले जिल्ला अदालत, काठमाडौँको फैसला उल्ट्याउँदै क्रिकेटर लामिछानेलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिनुभयो । जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । पुनरावेदनमा सुनुवाई गर्दै उच्च अदालतले लामिछानेलाई आज पुर्ण रुपमा सफाई दिने फैसला गरेको हो ।

हिजो र आज लगातार भएको सुनुवाईपछि उच्च अदालतले जिल्ला अदालत, काठमाडौँको फैसला उल्ट्याउँदै क्रिकेटर लामिछानेलाई सफाई दिएको हो । लामिछानेलाई यसअघि काठमाडौँ जिल्ला अदालतले बलत्कार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायधिश शिशिरराज ढकालको ईजलासले गत पुसमा लामिछानेलाई बलत्कार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला गरेको थियो । क्रिकेटर लामिछानेले काठमाडौँको एक होटलमा लगेर आँफुमाथि पटक – पटक बलत्कार गरेको भन्दै गौशला २६ ले २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशलामा जाहेरी दिएकी थिईन् । उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल आएपछि विमानस्थलबाटै पक्राउ परेका थिए । उनलाई जिल्लाले पुर्पपक्षका लागि थुनामा पठाएपनि उच्च अदालत पाटनले २९ पुसमा २० लाख धरौटीमा छाडेको थियो ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment