माघ १४, २०८० आइतबार
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका देशभर भएको वडा अधिबेसन सम्पन्न गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानी बाबाचोकमा हिजो मिति २०८० माघ १३ गते सम्पन्न भएको छ । उक्त अधिबेशनमा यसै क्षेत्रका माननीय सांसद सोबिता गौतम , केन्दीय सदस्य पुकार बम , बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं, प्रदेश समानुपातिक सदस्य सेखर चन्द्र राई , बागमती प्रदेश केन्द्रीय सभापति उज्ज्वल सापकोटा साथै २ नं प्रदेश क्षेत्रिय सभापति सुमन कार्कीको उपस्थिति रहेको थियो ।
भीमसेन कार्कोकी संयोजकत्वमा शनिबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उप सभापति उर्मिला घिमिरे र सचिव गोपाल सिग्देल कार्की रहेका छन् भने अभिन्न सदस्यमा राजेन्द्र के.सी. रहेका छन् । साथै अन्य सदस्यहरुमा गंगा पन्त, मैया सार्की, राममणि अधिकारी, सुरेश प्र. नेपाल, बिष्णु रोक्का, र राम प्रसाद सापकोटा रहेका छन् ।
यि पदाधिकारीहरु सर्व सम्मत मा चयन भएका छन् ! कार्यक्रमका केहि झलक हरु
Copyright © 2024 Shankharapuronline
Leave A Comment