शंखरापुर १ र ३ मा नेकपा एमालेको वडा अधिबेशन सम्पन्न ! – Shankharapuronline
Latest
img

शंखरापुर १ र ३ मा नेकपा एमालेको वडा अधिबेशन सम्पन्न !

Design

शंखरापुर नगरपालिका वडा नं १ र ३ मा नेकपा एमालेको वडा अधिबेशन सम्पन्न भएको छ ! मिति २०८० माघ २७ गते दुवै वडामा अधिवेशन भएको हो । शंखरापुर वडा नं १ को चांपाबोट मा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य मणिराम फुयाल को प्रमुख आतिथ्यता थियो , साथै जिल्ला सचिवालय सदस्य कृण्ण लाल बजगाँई, नगर अध्यक्ष राम कुमार तिवारी लगायत अन्य नेताहरुको पनि राम्रो उपस्थिति रहेको थियो ।

आजको अधिबेशनमा वडा नम्बर १ मा अध्यक्ष प्रकाश दंगाल ,उपाध्यक्ष बिर ब तामाङ ,सचिव केपि दाहाल र सह सचिवमा भरत ढुङ्गाना सहितको नयाँ समिति गठन भएको छ !

त्यसै गरि वडा नं ३ जहरसिं पौवामा भएको अधिवेशनमा अध्यक्षमा फुर्वा लामा , उपाध्यक्षमा मंजु तिवारी र सचिवमा श्याम प्रसाद तिवारी सर्बसम्मतमा चयन हुनु भएको छ !

भिडियो हेर्नुहोला :

 

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment