🔴LIVE इलाम २ उपनिर्वाचन मतगणना – Shankharapuronline
Latest
img

🔴LIVE इलाम २ उपनिर्वाचन मतगणना

Design

इलाम क्षेत्र नम्‍बर २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजे देखि सुरु भएको छ। केही बेरअघि सम्पन्‍न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ। गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन्।

मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ। मतपरिणाम एक-एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार १ सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

🔴LIVE इलाम २ उपनिर्वाचन मतगणना:

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment