जहरसिं पौवा सामुदायीक बन भित्र शिवाकोटिको लास फेला परेको छ ! – Shankharapuronline
Latest
img

जहरसिं पौवा सामुदायीक बन भित्र शिवाकोटिको लास फेला परेको छ !

Design

काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिं पौवा सामुदायिक वन क्षेत्र भित्र बेवारिसे अवस्थामा शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीबाट हराएका उक्त बृद्ध आज जहरसिं पौवा स्थित सामुदायिक वनमा मृत भेटिएका छन् !

मुलपानीको राधाकृष्ण मन्दिरनजिक आफ्नै निवासबाट गत चैत ६ गते दिउँसो निस्केका ७१ बर्षिय टंक प्रसाद शिवाकोटी आज मृत अवस्थामा फेला परेका हुन् ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका शिवाकोटी मोबाइल घरमै निस्केका थिए । त्यसपछि उनि बेपत्ता भएका थिए । उनको शव जहरसिङ पौवा सामुदायिक वनको जंगलमा भेटिएको हो ।

९ वटा विद्यालयका प्रधानाध्यापक चलाएका साथै तात्कालिन जनकपुर अंचलका विशिष्ट श्रेणीका प्रधानाध्यापकको उपमा पाएका शिवाकोटी जिल्ला शिक्षा कार्यालय दोलखामार्फत जिल्ला भरीका विद्यालयमा प्रशिक्षणसमेत दिने गरेका थिए ।

उनको मृत्यु बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment