धुर्मुस-सुन्तली फाउन्डेसन नमुना बस्ती गिरानचौरको सात बर्ष अनि तथ्यहरु – Shankharapuronline
Latest
img

धुर्मुस-सुन्तली फाउन्डेसन नमुना बस्ती गिरानचौरको सात बर्ष अनि तथ्यहरु

Design

सिन्धुपाल्चोक , गिरानचौर । नेपालको महाभूकम्पको इतिहासमा २०७२ सालको भूकम्प पनि एक ठुलो प्रकोपको रुपमा मानिन्छ । यस भूकम्प द्वारा धेरै प्रभावित जिल्ला हरु मध्ये सिन्धुपाल्चोक पनि हो । ०७२ सालको भूकम्पमा घर बिहिन समुदायको निमित्त निर्माण भएको गिरानचौर नमुना बस्ती निर्माण सम्पन्न भएको ७ बर्ष बितेको छ ।

मेलम्ची नगरपालिका वडा नं १२ स्थित गिरानचौर नमुना वस्ती धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित एकिकृत नमुना बस्ति हो । उक्त बस्तीमा ६५ वटा भवन, पाँच बाल उद्यान र एउटा सामुदायिक भवन रहेको छ । ए , बि र सी गरि तिन वटा ब्लकमा विभाजित रहेको उक्त बस्तीमा तामाङ्ग समुदायको बसोबास रहेको छ ।

यस नमुना बस्ति निर्माणकालागि विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुले सहयोग गरेका थिए । यस बस्ति निर्माणका लागी स्थानीयहरुको पनि सराहनीय श्रमदान रहेको थियो । स्थानीय बासिका लागि धुर्मुस (सिताराम कट्टेल ) सुन्तली (कुन्जना घिमिरे ) फाउन्डेसन भगवान स्वरूप भएका छन् । हाल बस्ती हस्तान्तरन भएको सात वर्ष बितिसकेको छ । हाल कुता बस्तीका समुदायमा प्राय शिक्षित् बर्ग रहेका छन् । उक्त बस्तीका ५०% भन्दा बढी युवा बैदेशिक रोजगारका शिलसिलामा देश बाहिर छन् बहने केहि उच्च शिक्षाका लागि काठमाडौँ तिर रहेका कुरा स्थानीय ले बताएका छन् ।

बस्ति सुनसान जस्तै रहेको छ , केहि बुढापाखाहरु, केहि दम्पतीहरु र बाल बच्चाहरु मात्र देखिएका थिए । हाल यस बस्तीमा बिभिन्न समस्याहरु छन् र स्थानीय समधान पनि गर्दै गएका छन् । यस क्षेत्रमा पानी को समस्या बृहत रहेको छ ।स्थानीयहरु उक्त समस्या समधानका लागि बिभिन्न प्रयास पनि गरिरहेका छन् । सम्बन्धित निकायहरुको पनि धयानाकर्षण हुन् आवश्यक देखिन्छ । दुई दिन देखि बिग्रिएको बिजुली बत्ति आज मात्र बिधुत प्राधिकरणबाट बिधुत ट्रान्सफर्मर परिवर्तन गरिदै थियो । फाउन्डेसनको पनि हालको समस्याहरुमा ध्यानाकर्षण हुन आवश्यक छ ।


बिष्तृत बिवरण भिडियोमा हेर्नुहोस :

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment