सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ – Shankharapuronline
Latest
img

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा पक्राउ

Design

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ ।

रोल्पा हिँडेका महरालाई प्रहरी निमन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेकै हो कि होइन भन्ने बारेमा केही खुलेको छैन । तर जिल्ला जानबाट भने रोकेको प्रहरी उच्च स्रोतले भन्यो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आइतबार बिहान नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहितलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

ब्रेक सु र विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको सुन तस्करीमा महराको नाम जोडिएको छ । उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ

०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो । सो प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको थियो । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएर छाडेको थियो ।

सोही प्रकरणमा उनका छोरा राहुल महरा भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरालाई पनि सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेको थियो । त्यससँगै उनी पक्राउ परेका हुन् ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment