‘मधेशका छोरीहरु शिक्षित भएर राज्यले सिर्जना गरेको भाष्य बदल्नु पर्छ’ – Shankharapuronline
Latest
img

‘मधेशका छोरीहरु शिक्षित भएर राज्यले सिर्जना गरेको भाष्य बदल्नु पर्छ’

Design

कञ्चनपुर। कञ्चनरुप नगरपालिका ८ बेरियर स्थित अन्नपूर्ण बहुमुखी क्याम्पसका बिएड/बिबिएसको दोस्रो र तेस्रोका विद्यार्थीहरुले पहिलो बर्षमा भर्ना भएकालाई स्वागत र चौथो बर्षका अन्तिम परिक्षामा सहभागी विद्यार्थीहरुलाई एक कार्यक्रमबीच बिदाई गरेको छ ।

क्याम्पस प्रमुख सुदम्बर यादबको अध्यक्षतामा तथा पत्रकार एवं समाजिक अभियन्ता भोला पासवानको प्रमुख आथित्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा बोल्दै पत्रकार पासवानले अन्नपूर्ण क्याम्पसका कारण धेरै छोरी बुहारीले शिक्षा प्राप्त गर्ने अवसर पाएको बताए । उनले भने,‘ क्याम्पस संचालन नभईदिएको भए यहाँ छोरी र बुहारीहरुले उच्च शिक्षाबाट बञ्चित हुन्थ्यो ।

मधेशको शिक्षाको अवस्था खसेको छ,अझ बालिकाहरुको उच्च शिक्षामा पहुँच कम छ तर यहाँ पढ्ने ९० प्रतिशत विद्यार्थी छोरी र बुहारी छन् ।’ राज्यले मधेशका छोरीहरु घुघट भित्र मात्रै बसेको र अनपढ रहेको भाष्य सिर्जना गरेको बताउँदै पासवानले भने,‘मधेशका छोरीहरुले शिक्षित भएर यहाँका महिलाहरुप्रति राज्यले सिर्जना गरेको भाष्य बद्लनुपर्छ ।’

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुदम्बर यादबले विदाई भएर जाने विद्यार्थीहरुको उज्जल भविष्यको कामना र भर्ना भएका विद्यार्थीहरुलाई मन लगाएर पढ्न आग्रह गरेका थिए । कार्यक्रममा शिक्षक रमानन्द गोईतले अन्नपूर्ण क्याम्पसका ५ जना विद्यार्थीले पुर्वाञ्चल विश्वविद्यालय स्तरमै उत्कृष्ट नतिजा ल्याएर गोल्ड मेडल समेत पाएको चर्चा गर्दै यहाँबाट पढेर गएका थुप्रै बिद्यार्थीहरु बैकिंक क्षेत्रमा समेत अवसर पाएको बताए ।

टाँप गरेर नारायण खडका,मोहम्द ज्याहुल हक,महम्द अब्बदुलाहले पढाई सकेर जाने विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए । क्याम्पस प्रमुख यादबलाई बिबिएस र बिएडको पढाई सकेर जाने विद्यार्थीहरुले मायाको चिनो प्रदान गरेको थियो । क्याम्पसका दोस्रो र तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले पहिलो बर्षमा भर्ना भएका र अन्तिम बर्षको विद्यार्थीहरुलाई अविर र खादाले स्वागत र बिदाई गरेको थियो ।

कार्यक्रममा बिबिएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी राहुल अलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन छात्रा पुनमसिंह चौहानले गरेकी थिइन । सांस्कृति कार्यक्रम समेत आयोजना गरेको थियो ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment