शंखरापुर वडा नं ४ मा सोनाम ल्होछार बिशेष कार्यक्रम सम्पन्न! – Shankharapuronline
Latest
img

शंखरापुर वडा नं ४ मा सोनाम ल्होछार बिशेष कार्यक्रम सम्पन्न!

Design

तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाउने गर्दछन् ।

सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

मन्जुश्री वर्ष सोनाम ल्होछार २८६० औ बिशेष कार्यक्रम शंखरापुर नगरपालिका वडा नं ३ स्थित रैले बृद्धा आश्रममा यहि शनिबार बिभिन्न संस्कृतिक कार्यक्रमहरु द्वारा संम्पन भएको छ । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment