कञ्चनपुरका नगरप्रमुख गुप्ताले काग्रेसका वडा सह—सभापति बिटु गुप्ता र समाजिक अभियन्ता रोशनराजलाई कार्यवाही गर्न नगरसभाबाटै निर्णय गराएको खुलासा – Shankharapuronline
Latest
img

कञ्चनपुरका नगरप्रमुख गुप्ताले काग्रेसका वडा सह—सभापति बिटु गुप्ता र समाजिक अभियन्ता रोशनराजलाई कार्यवाही गर्न नगरसभाबाटै निर्णय गराएको खुलासा

Design

कञ्चनपुर,माघ २६ गते । कार्यालय सहयोगीदेखी हाकिमसम्मलाई हातपात र गाली ग्लोज गरेर चर्चित भएका कञ्चनरुप नगरपालिका प्रमुख ललन प्रसाद गुप्ता समाजिक अभियन्ता रोशनराज ठाकुर र काग्रेस यूवा नेता बिटु गुप्तालाई नगरसभाबाट कानुनी कार्यवाही गर्ने निर्णय गराएको तथ्य बाहिरिएको छ ।

कञ्चनरुप नगरपालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले आफनै पार्टीका कार्यकर्ता र एक जना समाजिक अभियन्तालाई कानूनी कार्यवाही गर्न नगरसभाबाटै निर्णय गराएको तथ्य खुलेको छ । २०८० साल असोज २ गते कञ्चनरुप नगरपालिकाको ९ औं नगरसभाबाट नगरप्रमुख गुप्ताले नेपाली काग्रेसका वडा नम्बर ८का सह—सभापति रति सुमन गुप्ता(बिटु) र समाजिक अभियन्ता रोशनराज ठाकुर(उर्फ बली)लगायत जोसुकैलाई कानूनी कारवाहीको दायरामा ल्याउने निर्णय गराएको छ ।
सभाको निर्णय नम्बर ३२मा भनिएको छ, ‘कञ्चनरुप नगरपालिका भत्र कर्मचारीलाई धम्की दिने,गाली बेइजजती गर्ने, रति सुमन गुप्ता(बिटु) र रोशनराज ठाकुर(उर्फ बली)लगायत जोसुकैलाई कानूनी कारवाहीको दायरामा ल्याउने ।

उक्त निर्णयमा १६ जनाले पुच्छारमा र माछि १२ जनाले हस्ताक्षर गरेको पाइएको छ । नगरसभाको म्याइनुटमा नगरप्रमुख गुप्ताले चोरबाटोबाट उक्त निर्णय घुसाइएको हुन सक्ने जनप्रतिनिधिहरुले बताएका छन् ।नगरप्रमुख गुप्ताले ९ औं नगरसभाको २ दिनअघि २०८० साल भदौं ३० गतेको कार्यपालिका बैठकमा समेत बिटु गुप्तालाई कार्यवाही गराउन निर्णय गराइएको पाइएको छ । निर्णयमा कुन कर्मचारीलाई कहिले धम्काएको उल्लेख छैन ।

समाजिक अभियन्ता रोशनराज ठाकुरले चुनावअघिसम्म नगरप्रमुख ललन प्रसाद गुप्तालाई सोसलरियालीटी मार्फत सहयोग गरेका थिए । चुनाव लगत्तै गुप्ता नगरप्रमुखमा बिजय भएपछि रोशनराजले नगरपालिकाको बेथितिको बारेमा सोसलरियालीटी मार्फत यर्थात भिडियो खिचेर जनता समक्ष ल्याउन थालेपछि पटक पटक नगरप्रमुख गुप्ताले दुबै जनालाई कार्यवाही गर्ने धम्की दिदैँ आएको छ ।

नगरप्रमुख गुप्ताले केही महिनाअघि कार्यपालिकाको बैठकबाटै(लाइभ) रोशनराज र बिटु गुप्तालाई कार्यवाही गर्न सप्तरीका सिडियो र एसपीसँगै कञ्चनपुरका डिएसपीलाई कुरा गरिसकेको र साइबरक्राइममा मुद्दा दर्ता गर्ने बताएका थिए ।नगरसभाबाट कार्यवाही गर्ने निर्णयबारे रतिसुमन गुप्ता(बिटु)ले भने कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता आफै कार्यालयका सहयोगीदेखी प्रमुख प्रशसाकीय अधिकृतलाई कुटपिट गरेका छन् । तर हामीले पालिकाको बेथितिको बारे कुरा उठाउदा नगरसभाबाटै कार्यवाहीको लागि चोरबाटोबाट निर्णय गराउनुले हामी दुवै जनालाई फसाउने ठूलो षडयन्त्र गरीरहेको छ ।

चुनावअघिसम्म जब कुनै मिडियाले गुप्ताजीलाई साथ र सहयोग गरेको थिएन त्यहीखेर दर्जनौ पटक सोसलरियालीटीमा उहाँको अन्तवार्ता र उहाँले गरेको समाजिक कामको रिर्पोटिङ्ग गरेको थिए । समाजिक अभियन्ता रोशनराजले भने ‘ अहिले निर्वाचित भएर आएपछि म पत्रकार हुँ कि समाजिक अभियन्ता नगरप्रमुख जी बिर्सनु भएको छ र मलाई कार्यवाही गर्ने निर्णय नै गराउनु भएको छ । ’ रोशनराज ठाकुरले नगरप्रमुख गुप्ताले जस्तो सुकै षडयन्त्र गरेपनि जनताको पक्षमा सोसलरियालिटीले आफनो मिसन नछोड्ने बताए ।

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment