“किड्स लिबर्टी स्कुल को प्रेरणादायक शिक्षा ” | बच्चाहरूको स्वतन्त्रता: मंटेश्वरी स्कूलको वृतचित्र – Shankharapuronline
Latest
img

“किड्स लिबर्टी स्कुल को प्रेरणादायक शिक्षा ” | बच्चाहरूको स्वतन्त्रता: मंटेश्वरी स्कूलको वृतचित्र

Design

मानसिक स्थिति कम्जोर भएका बालबालिकाहरुका कगी सन् १९०७ मा प्रकृतिवादी, शिक्षण शास्त्री मारिया मंटेश्वरी ले शिशु गृह नाम दिएर मंटेश्वरी शिक्षा प्रणालीको अवधारणा सुरु गर्नुभएको थियो ! यसै अवधारणालाई मध्यनजर गर्दै बि.सं २०७२ मा कागेश्वरि मनोहरा नगरपालिका वडा नं ६ पाटिया चौरमा किड्स लिबर्टी नामक मंटेश्वरी बालबालिकाहरुको शैक्षिक साथसाथै मानसिक, शारीरिक, सिर्जनात्मक विकासको अवधारणा राख्दै तिन जना साथीहरु कपिल खनाल, उमेश अधिकारी र प्रविन खनाल द्वारा यस मंटेश्वरीको स्थापना गरियो !

शिक्षा लिने र दिने यी दुवै प्रक्रिया जीवनभरी निरन्तर चलिरहन्छ ! बालबालिकाको मनस्थिति एउटा स्पन्ज जस्तै हुन्छ ! जसरि स्पन्ज फममा पानीहरु सोस्ने क्षमत हुन्छ भने यो उमेरमा आफुले वरपर देखेको भोगेको विभिन्न क्रियाकलापहरु ठुलाले गरेका व्यवहार र सम्पूर्ण कुराहरु आफ्नो दिमागमा संकलन गरिरहेका हुन्छन त्येसले एउटा स्वरूप बल मनस्थिति तयार गर्न लागि यस मंटेश्वरीले प्रमुख भुका खेलेको छ !

यस मंटेश्वरी बिधालयले पढ्न लेख्न भन्दा अगाडी भोग्नु परमे कुराहरुलाई भोग्दै जाने र सिक्दै जाने बिस्तारै त्यो भोगाई संग सँगै बच्चाहरुलाई लेखन पढ्न कसरि आगाडी बढाउदै जाने भन्ने कुरालाई विशेष ध्यान दिइएको छ ! बच्चाको जीवन उपभोगी पढाईहरुलाई एक स्थानमा राख्दै यसका साथ साथै आफु ठुलो हुदै जाँदा त्यो उपयोगी कुराहरुलाई कसरि लेखी र पढाईमा ढल्नु पर्छ भन्ने कुरालाई पनि यस मंटेश्वरी ले विशेष ध्यान दिएको छ !

यस मंटेश्वरी विद्यालयमा १६० जना विधार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् भने २७ जना शिक्षक शिक्षिकाले अध्यापन गराइरहेका छन् ! शिक्षाको साथ साथै पारिवारिक वातावारण प्रसस्त हरियाली र पर्याप्त खेल मैदानको साथ साथै विधार्थीहरुको सुरक्षामा यस मंटेश्वरीले विशेष ध्यान दिएको छ ! बिधार्थिहरुको खानपिनमा अपनाउनुपर्ने खाध्य सुरक्षा विधिलाई मध्यनजर गर्दै यस मंटेश्वरीले आफ्नो बिधार्थीहरुलाई खुवाउने खानामा पनि विशेष ध्यान दिइएको छ ! विधार्थीहरुलाई अतिरिक्त क्रियाकलाप जस्तै : खेलकुद, शैक्षिक भ्रमण शैक्षिक अभिवृद्धि कार्यक्रम, का साथसाथै कला संस्कृति र विभिन्न अन्य कार्यक्रमहरु आयोजना गर्दै आएको पाइएको छ !
भिडियो हेर्नुहोस :

Design

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Design

Leave A Comment