२०७९ चैत्र १४ मंगलवार

काठमाडौं क्षेत्र नम्बर : २ मा युवा नेता अधिकारीको स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा युवा नेता प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । लामो समयदेखि यसै क्षेत्रबाट सांसद नेपालको क्षेत्रबाट उम्मेदवारी घोषणामा चुनौती देखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै अधिकारीले हालको राजनीतिक व्यवस्थामा चुनौतीको चाङमा रहेको बताए । कानुन व्यवसायी समेत रहेका उनले आफूमा नयाँ व्यवस्थामा भिजन,र एक्सन रहेको बताए । मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन् ।

संसद लगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्था भित्रका विकृतीका बारेमा विरोध गर्ने बताए ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित 0 Minutes 600 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?