
भदौ १ – आगामी मंसिर ४ गते संघीय र प्रदेशसभाको निर्वाचनको घोषणा गरेसँगै, देशभर आकांक्षीहरुले आफूँलाई उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ । यसबीच, भक्तपुरमा पनि निर्बाचनमा कसले टिकट पाउला भन्ने चर्चा र बहस ब्यापक रुपमा चलिरहेको छ ।
दलहरुबीच गठबन्धन हुने भएपछि कसले टिकट पाउने भन्नेमा हानाथाप नै चल्ने गरेको छ । यो हानाथाप भक्तपुर क्षेत्र नं. २ मा पनि देखिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले एक वर्ष अगाडि नै नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई टिकट दिने र एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई हराउने उद्घोष गरिसक्नुभएको छ ।

तर पछिल्लो समय माओवादी केन्द्रका नेता दिपशिखाले भक्तपुर क्षेत्र नं. २ बाट टिकट पाउने हल्ला चलेको छ । यो हल्लालाई भने भक्तपुरका कांग्रेसीहरुले भने निराधार हल्ला भएको बताएका छन् ।
एक कांग्रेसी सुत्रका अनुसार भक्तपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसले नै टिकट पाउने र त्यो टिकट सभापति थापाले नै पाउनेमा आफूँहरु विश्वस्त रहेको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।