२०७९ चैत्र १४ मंगलवार

कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

काठमाडौंको साँखु–चावाहिल सडक अन्तर्गत थली खण्डमा सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । ३ दिनदेखि जारी विरोधका क्रममा आइतबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वर्षौंदेखि सडक खनेर अलपत्र अवस्थामा छाडिएपछि सडक कालोपत्रेको माग गर्दै आन्दोलनमा उत्रिएको राप्रपाकी नेतृ कुन्ती पोखरेलले जानकारी दिइन् । नगरपालिका कार्यालय अगाडिको बाटो नै कालोपत्रे नभएका कारण हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय हैरान हुने गरेका कारण सो समस्या समाधान हुने निश्चित नभएसम्म विरोध जारी राख्ने पोखरेलले बताइन् ।

हालै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सोही क्षेत्रमा प्रतिस्पर्धा गरेकी राप्रपाकी उम्मेदवार रहेकी पोखरेलले चुनावमा पराजित भएपनि सो क्षेत्रका जनताको सुख दुःखमा साथ दिने उल्लेख गर्दै बलियो प्रतिपक्षको रुपमा खडा हुने उल्लेख गरिन् ।

उनले भनिन्– ‘वर्षौंदेखि यहाँको सडक अलपत्र अवस्थामा छोडिएको छ । नगरपालिकाको कार्यालय अगाडि भएपनि नगरपालिकाले कुनै पहल नगरेका कारण कार्यालयमा ताला लगाउनुपरेको हो । आफ्नो क्षेत्राधिकार बाहिरको बाटो भनेर नगरपालिका पन्छन पाउँदैन । नगरपालिकाले आफ्नो नगरभित्रको बाटोको जिम्मा लिनुपर्छ भनेर सम्झाउनका लागि तालाबन्दी गरिएको हो ।’

चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 732 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?