२०७९ चैत्र १४ मंगलवार

काठमाडौं-२ मा स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित

काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन्।

नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पछि पार्दै सोबिता सांसद निर्वाचित भएकी हुन। ओनसरीलाई नेपाली कांग्रेसको पनि साथ थियो।

पार्टी संगठनका हिसाबले बलियो मानिएको एमालेका फुयाल र सत्ता गठबन्धनकी साझा उम्मेदवार पूर्वसभामुख घर्तीलाई पराजित गर्दै सोबिताले संसदको यात्रा तय गरेकी हुन्।

अन्तिम मत परिणाम अनुसार घण्टीकी सोविता गौतमले १५ हजार दुई सय २९ मत ल्याएर बिजयी भएकी छिन भने नेकपा एमालेका उम्मेद्वार मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन ।

त्यस्तै गठबन्धनकी साझा उम्मेद्वार ओनसरी घर्तीको ९ हजार ४४८ मत छ । राप्रपाकी कुन्ती पोखरेलले भने ११ हजार१४ मत प्राप्त गरेकी छिन ।

२०७९ मंसिर ७, बुधबार प्रकाशित 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?