
साँखु, फागुण २५ गते बिहीबार। शंखरापुर नगरपालिका वडा नंं ९ इन्द्रायणीमा भएको सडक दुर्घटनामा परी साँखुका पत्रकार पवन लाल श्रेष्ठ र इन्द्रायणी बस्ने २२ बर्षका बिशाल (हरी) खड्काको मृत्यु भएको छ। लावण्य सन्देश साप्ताहिकका प्रधानसम्पादक तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको सडक दुर्घटनामा परेर निधन भएको हो ।
गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट श्रेष्ठसहित एक अर्का व्यक्तिको पनि ज्यान गएको हो ।

उक्त दुर्घटनामा साँखुकी पुनम श्रेष्ठ घाइते भएकी र उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पुरीले बताउनु भयो उहाँका अनुसार बा ५ ख २४१४ नंबरको टिपर मोटर साइकल एक आपसमा ठोकिँदा उक्त घटना भएको हो।
मेलम्चीको टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी वृत बौद्ध पठाइएको उहाँले बताउनु भयाे।
लावण्य सन्देश साप्ताहिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका श्रेष्ठ मिलनसार, सामाजिक अभियन्ता साँखु क्षेत्रको पत्रकारीताको विकासमा अहोरात्र खटिएका ब्यक्ति हुन । उहाँको निधन बाट शंखरापुरबासी पुरै स्तब्ध भएका छन्। श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
राती ९ बजे पछि मात्र चलाउन पाउने भए पनि अहिले बिहान दिउँसो समेत निर्धक्क रुपमा टिपर चल्ने गरेकोमा स्थानीय आक्रोसित बनेका छन्। टिपर आतंकले सडकमा हिँड्न पनि डर लागेको स्थानीयको गुनासो रहेको छ। नियमन निकायले टिपर चलाउने कडाइ गर्न नसकेको स्थानीय बताउँछन् ।
https://shankharapurnews.com/wp-content/uploads/2023/03/Screenshot_20230309_100525_Facebook.jpg
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।