
काठमाडौँ — तामाङ गीत, संगीत क्षेत्रको अभिनय विधामा सक्रिय कलाकार सुशीला घलान तामाङको निधन भएको छ । काठमाडौं जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे उनको निधन भएको थियो। पारिवारका एक सदस्यका अनुसार जन्डिसबाट ग्रस्त भएपछि उनलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
अध्यक्ष दोङका अनुसार जन्डिस भएर स्वास्थ्यस्थिति जटिल भएपछि तामाङलाई दुई दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं शंखरापुर नगरपालिका १ मा २०५२ सालमा जन्मिएकी तामाङको अभिनय रहेको ‘दुप्चेश्वर मेला’, ‘टुङ्नाको धुन’, ‘ल्होछार मेला’, ‘डम्फूमा सेलो’ लगायतका गीत लोकप्रिय छन् । अभिनयमार्फत तामाङ समुदायको मौलिक गीत, संगीतको संरक्षण र संवर्द्धनमा निरन्तर लागेकी उनको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार संघ र तामाङ चलचित्र संघ नेपालले शोक वक्तव्य निकालेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
तामाङको अभिनयमा अध्यक्ष दोङको रचना, संगीत तथा स्वर रहेको ‘मायाभन्दा ठूलो जात होइन (कहाँ पर्यो घर)’गीतको म्युजिक भिडियो शुक्रबार नै सार्वजनिक गरिने कार्यक्रम तय गरिए पनि स्थगन गरिएकोथियो । उनको निधनले तामाङ गीत, संगीत क्षेत्रलगायत कलाकार संघ नै स्तब्ध भएको सुनाउँदै उनले तामाङप्रति श्रद्धा अर्पण गरे ।
उनको बौद्ध परम्परा अनुसार शुक्रबार नै बौद्ध जोरपाटीस्थित जम्बोडाँडामा अन्तिम संस्कार गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।