२०७९ चैत्र १४ मंगलवार

साँखुमा ५ दिने नि:शुल्क खुल्ला याेग बिज्ञान शिबिर संचालन हुदै

शंखरापुर,
काठमाडौँको शंखरापुर नगरपालिकामा मिति २०७९ असोज ११ गते देखि १५ गते सम्म ५ दिने नि : शुल्क पतंजली योग बिज्ञान शिबिर सुरु हुने भएको छ। रोटरी क्लब अफ साँखु तथा पतंजली योग पिठ नेपालको संयुक्त आयोजनामा शंखरापुर नगरपालिका , सक्व क्रु तथा चलाखु टोल सुधार समितिको संयुक्त सहयोगमा मिति २०७९ असोज ११ गते देखि १५ गते सम्म ५ दिने नि : शुल्क पतंजली योग बिज्ञान शिबिर सुरु हुने भएको हो !

उक्त शिबिरमा सम्पूर्ण इच्छुक जनमानसमा उपस्थितिको लागि रोटरी क्लब अफ साँखुका अध्यक्ष लकश श्रेष्ठ ज्यु ले अनुरोध पनि गर्नु भएको छ !

रोटरी क्लव अफ साँखु तथा पतञ्जली योग पिठ नेपालको संयुक्त आयोजनामा, शंखरापुर नगरपालिका, सक्व स्काउट क्रयू, तथा चलाखुटोल टोल सुधार समितिको संयुक्त सहयोगमा मिति २०७९/०६/११ देखि १५ गते सम्म ५ दिने निःशुल्क पतञ्जली योग विज्ञान शिविर सफलता पूर्वक सञ्चालन गर्न रोटरी क्लब अफ साँखुका अध्यक्ष रोटरीयन लकश श्रेष्ठको सभापतित्वमा चलाखुटोल टोलसुधार समितिका अध्यक्ष श्री योगेश मान सिं, स्काउट नगर संयोजक श्री धर्म भक्त मल्ल ,वडा नं ७ का प्रतिनिधि वडा सदस्य श्री गंगा लाल डंगोल , योगगुरू तिर्थ बिनोद गिरी तथा नगरपालिकाका प्रवक्ता एवम् वडा नं ६ का अध्यक्ष श्री राधाकृष्ण श्रेष्ठसँग उपस्थितिमा बृहत छलफल र सरसल्लाह सम्पन्न भयो।

रोटरी क्लब अफ साँखुको निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रम सफल बनाउन आ आफ्नो ठाउँबाट यथासम्भव सहयोगको प्रतिबद्धताको लागि हार्दिक आभार एवम् नमन। पुनश्च: योग शिविर पतञ्जली योग पीठ नेपालका योग गुरू तथा रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ जोन १का AG ग्रोविन तौजलेको प्रतक्ष्य निर्देशनमा यहि असोज ११ देखि १५ गते सम्म बिहान ५ बजे देखि ७ बजेसम्म चलाखुटोलमा सञ्चालन हुनेछ।

कार्यक्रम:
मिति : २०७९ असोज ११ देखि
समय : बिहान ५:०० बजे
स्थान : चलाखु टोल, साँखु

 

२०७९ आश्विन ३, सोमबार प्रकाशित 1 Minute 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?